Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा आठबीसकोटको जित

२०७९ फागुन १४ 
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारीमा फाुगन १२ गते देखि संचालित १३ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा आठबीसकोट नगरपालिकाले जित हाँसिल गरेको छ । आईतबार सम्पन्न शिल्डमा आठबीसकोटले १४ स्वर्ण सहित शिल्ड हात पारेको हो ।

चौरजहारी नगरपालिका –२ को शीतल माध्यमिक बिद्यालय प्राङगनको भएको शिल्डमा १३ स्वर्णसहित चौरजहारी नगरपालिकाले दोस्रो स्थान प्राप्त गरेको छ ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकालका अनुसार शिल्डमा बाँफिकोट गाउँपालिकाले स्थान तेस्रो ल्याएको छ । उसले २ वटा स्वर्ण पदक जितेको ढकालले बताउनुभयो । शिल्डमा सानीभेरी गाउँपालिका चौंथो भएको छ ।

फाुगन १२ गते कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले उद्घाटन गर्नुभएको शिल्डको समापन चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले गर्नुभएको हो ।

शिल्डमा ४ वटा स्थानीय तहका करिब दुई सय विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । छ स्थानीय तह मध्य जिल्लाको मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाले भने शिल्डमा सहभागी जनाएका थिएनन् ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्