Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा आवधिक योजनाका लागि अभिमुखिकरण सम्पन्न

२०७९ फागुन १४
tribeni2

रुकुम पश्चिम सानीभेरी गाउँपालिकामा आवधिक योजना तथा मध्यकालिन खर्च संरचना सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । फाुगन १३ र १४ गतेका दिन अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

गाउँपालिकाले निर्माण गर्ने नीति, कार्यक्रम तथा बजेटलाई प्रभावकारी रुपमा परिचालन गर्न तथा पालिकाको एकिकृत विकास योजना अनुसार ठोस कार्यक्रम तयार गरी सोहि अनुसार आगामी बजेट निर्माण गर्ने उद्धेश्य सहित आवधिक योजना निर्माण गर्न थालिएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिनुभयो ।

२ दिने अभिमुखिकरणमा आवधिक योजनाको अबधारणा, योजना तयारीका प्रक्रियाहरु, योजना निर्माणमा सिर्जनात्मकता, योजना निर्माणको अभ्यास, मध्यकालिन खर्च संरचना तर्जुमाको उद्देश्य लगाएतका विषयमा अभिमुखिकरण गरिएको छ ।

इन्टरनेश्नल आइडिए ग्रुपको सहजिकरणमा भएको अभिमुखिकरणमा गाउँ कार्यपालिका सदस्यहरु, शाखा तथा फाँट प्रमुखहरु लगाएतको सहभागिता रहेको थियो ।

अभिमुखिकरणलाई इन्टरनेशनल आइ डि ए ग्रुपका प्रकाश राई¸ लोक थापा लगाएतले सहजीकरण गर्नुभएको थियो । सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रमको स्वागत मन्तव्य गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  २०:०२
प्रतिक्रिया दिनुहोस्