Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घोरखानीको जङगलमा चार नाल भरुवा बन्दुक भेटिए

२०७९ फागुन १५
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा चार थान भरुवा बन्दुक फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आईतबार राती मुसीकोट नगरपालिका –८ घोरखानीमा चार थान बन्दुक फेला पारेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार घोरखानीको किटेनी जङगलमा चार नाल बेवारिसे अवस्थामा रहेका खाली भरुवा बन्दुक फेला पारिएको हो ।

भरुवा बन्दुक स्थानीयले सिकार खेल्नको लागि जङगलको ओढारमा लुकाएर राखेको हुन सक्ने अनुमान गरिएको छ । प्राप्त गोप्य सूचनाको आधारमा घोरखानीस्थित जङगलको ओढारमा सोत्तरले छोपेर लुकाई राखेको अवस्थामा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ ।

फेला पारिएका बन्दुक जिल्ला प्रहरी कार्यालय ल्याईएको र थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  ०८:०२
प्रतिक्रिया दिनुहोस्