Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) को कमिटी गठन

२०७९ फागुन १५
tribeni2

रुकुम पश्चिम / अनेरास्ववियु (क्रान्तिकारी) मुसिकोट खलंगा बहुमुखी क्याम्पसको चौथो सम्मेलन सम्पन्न भएको छ । 

सोमबार सम्पन्न सम्मेलनले नरेन्द्र खड्को अध्यक्षतामा ४३ सदस्यीय क्याम्पस कमिटि गठन गरेको छ ।

जसको उपाध्यक्षमा बिमल बुढाथोकी, सचिवमा यमराज डाङगी, सहसचिवमा विष्णु ओली र कोषाध्यक्षमा लोकेन्द्र बि. क. चयन हुनुभएको छ ।

सम्मेलनमा अनेरास्वबियु (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज सुशील बिस्ट, केन्द्रिय सदस्य जीवन खड्का, जिल्ला अध्यक्ष नारायण के.सी., कर्णाली प्रदेश कमिटी सदस्यहरु बिशाल बिष्ट र रमेश लामिछाने लगायतको आथित्यता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्