Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
मेलगैरी हत्याकाण्ड

२७ वर्षसम्म सहिद परिवारले 'न्याय' नपाएको गुनासो

राष्ट्रिय सहिद घोषणा र परिचय पत्रकाे माग
२०७९ फागुन १५ 
tribeni2

रुकुम पश्चिम / २७ वर्ष अघि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -२ मेलगैरीमा भएको सामुहिक हत्याकाण्डको आज २७ वर्ष पुरा भएको छ ।

२०५२ फागुन १५ गते ६ जना खत्री बन्धुको हत्या भएको ‘मेलगैरी हत्याकाण्ड’ को २७ वर्षसम्म पीडित परिवारजनहरुको अझैपनि न्याय नपाएको गुनासो रहेको छ ।

साविक पीपल गाविसको वडा नम्वर ५ मेलगैरीमा भएको उक्त घटनास्थलमा आज माओवादी केन्द्र रुकुम पश्चिमले सहिद परिवार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार देवीलाल गौतम, कर्णाली प्रदेश कमिटि सदस्य धर्मबहादुर केसी, बाँफिकोट गाउँपालिकाका पार्टी अध्यक्ष चन्द्रबहादुर केसी लगायतको उपस्थिति रहेको छ ।

तत्कालिन माओवादीले सशस्त्र युद्धको घोषणा गरेको १५ दिनपछि बाँफिकोटको मेलगैरीमा राज्यको तर्फबाट आक्रमण हुँदा खत्री परिवारका छ जनाको मृत्यु भएको थियो । उक्त दिन २४ वर्षिय पशुपति केसी, २५ वर्षिय नरबहादुर केसी र २५ वर्षिय दलबहादुर केसी, २५ वर्षिय कलबहादुर केसी, २५ वर्षिय मनबहादुर केसी, १५ वर्षिय खड्गबहादुर केसीको हत्या भएको थियो ।

मृतक खड्कबहादुरका बुवा धनबहादुर खत्रीले पीडित परिवारले अझैपनि न्यायको महशुस गर्न नपाएको बताउनुभयो । माओवादी पार्टीले एक्लै बहुमतको सरकार चलाउन सक्ने अवस्था नआएको र जनयुद्धका सहिद परिवारका मुद्धा समाधान हुन नसकेको उहाँको भनाई रहेको छ ।

सहिद परिवारका सदस्यहरुको अवस्था राज्यले बुझ्न नसकेको उहाँले दुःखेसो गर्नुभयो । जनयुद्ध र जनआन्दोलनमा मारिएका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गरिनुपर्ने माग उहाँले गर्नुभयो ।

बुवा कलबहादुरको हत्या हुँदा दुई वर्षको उमेर रहेको बताउँदै नबिन केसीले सहिदका सपना पुरा हुन नसकेकोले न्याय नपाएको उल्लेख गर्नुभयो । उहाँले हत्यारालाई कारबाहि गर्नुपर्ने र सहिद परिवार परिचय पत्र उपलब्ध गराउन राज्यसँग माग गर्नुभयो ।

मैलगैरीमा भएको उक्त घटना जनयुद्ध सुरु भएपछिको पहिलो सामुहिक र ठूलो गोलीकाण्डका रुपमा चिनिन्छ । उक्त दिन तीन जनालाई गोली हानेर र तीन जनालाई कुटीकुटी मारिएको पीडित परिवारको भनाई रहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्