Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अवैध सालको काठसहित ट्याक्टर र चालक पक्राउ

२०७९ फागुन १५
tribeni2

रुकुम पश्चिममा अवैध रुपमा चोरी निकासी भईरहको सालको काठ बरामद गरिएको छ । जिल्लाको चौरजहारी नगरपालिका -१ बाट सल्यानतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ ।

अवैध रुपमा ओसारपसार कार्यमा प्रयोग गरिएको ट्याक्टर र चालकलाई समेत नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार १५ गोलिया सालको काठ, भे १ त १४६१ नम्बरको ट्याक्टर र चालक रातो बिष्टलाई ईलाका प्रहरी कार्यालय चौजहारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

चौरजहारी नगरपालिका वडा नम्बर १ स्थित कालिका सामुदायिक वनबाट अवैध रुपमा काठ ओसार पसार भइरहेको भन्ने गोप्य सुचनाका आधारमा चौरजहारीबाट सल्यानतर्फ लैजादै गरेको ३८.५५ क्युफिट काठ बरामद गरिएको हो ।

प्रहरीले बरामद गरिएको सालको काठ, ट्याक्टर र चालकलाई थप अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय चौरजहारीमा बुझाईएको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्