Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डोटेली समाज काठमाण्डौ द्धारा डोटीमा ५ दिने स्वाथ्य शिविर चल्ने

बुधबार, जेठ २२, २०७६
tribeni2

डोटी स्थायि ठेगाना भई रोजगारी तथा अध्ययन अध्यापनमा संलग्न रहेका डोटेलीहरुले स्थापना गरेको डोटेली समाज काठमाण्डौले डोटीको सिलगढीमा ५ दिने निशुल्क विषेशज्ञ स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
जेष्ठ २३ गते विहान ९ बजे एक कार्यक्रमका विच स्वास्थ्य कार्यालय सिलगढीमा शिविरको उद्घाटन गरिने डोटेली समाजका सचिब लक्ष्मण मलासीले जानकारी दिनु भएको छ ।
५ दिन सम्म संचालन हुन उक्त शिविरमा हठ्ठी, छाला, दाँत, आँखा, गाईनो स्त्रीरोग, माईनर अप्रेशन लगायतका सेवाहरु निशुल्क रुपमा प्रभाह गरिने सचिब मलासीले जानकारी दिनु भएको छ ।
डोटेली समाज काठमाण्डौ र समुन्द्रमन विद्या प्रतिष्ठानको संयुक्त आयोजनामा शिविर संचालन हुने भएको हो । जेष्ठ २३ गते बाट नै विभिन्न रोगको उपचार कार्य समेत हुने बताईएको छ । शिविरका लागी आबश्यक सम्पुर्ण तयारी भई सकेको बताईएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  १९:०६
प्रतिक्रिया दिनुहोस्