Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट ५ मा विपद् र शिक्षा क्षेत्रमा काम गर्ने दुई समिति गठन

२०७९ फागुन १५
tribeni2

रुकुम पश्चिम / मुसिकोट नगरपालिका वडा नम्वर ५ को कार्यालयले विपद् र शिक्षा क्षेत्रमा काम गर्नेगरी दुई समिति निर्माण गरेको छ । सोमबार वडा कार्यालयमा भएको एक कार्यक्रमका बीच वडा स्तरिय विपद् व्यवस्थापन समिति र वडा शिक्षा समिति गठन गरिएको हो ।

वडा अध्यक्ष समिर जंग मल्लको संयोजकत्वमा २१ सदस्यीय विपद् व्यवस्थापन समिति बनाईएको वडा सचिव चाँदनी महताराले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त समितिमा वडाका अन्य जनप्रतिनिधिहरु, वडाका रहेका शिक्षा, स्वास्थ्य, सुरक्षा क्षेत्रका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, समाजसेवी, युवा, स्थानीयवासीको प्रतिनिधित्व रहेको छ ।

विपद् व्यवस्थापन समितिले भैपरी आउने, प्राकृतिक तथा मौसमजन्य मानवीय तथा प्राकृतिक विपद् जोखिम न्यनिकरण गर्न, विभिन्न निकायसँग समन्वय तथा सहकार्य लगायत विपद् व्यवस्थापन योजना बनाउन महत्वपुर्ण काम गर्ने वडा अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

त्यसैगरी वडा अध्यक्ष मल्लकै संयोजकत्वमा वडा शिक्षा समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा प्रतिभा नेपाली, मिनबहादुर केसी, दामोदर पौड्याल र सदस्य सचिवमा चाँदनी महतारा रहनुभएको छ ।

यस समितिले वडाभित्र शिक्षासँग सम्बन्धित निकाय तथा वडा भित्र सञ्चालित नीजि तथा सरकारी विद्यालयहरुको शैक्षिक तथा भौतिक गुणस्तर सुधार गर्न तथा नियमित अनुगमन, मुल्यांकन गर्न शिक्षा नियमावली २०७४ अनुसार काम गर्ने बताईएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्