Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित हुने

२०७९ फागुन १५
tribeni2

काठमाडौं ।  नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले जनयुद्ध र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । 

बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिनुभएको हो । 

यससम्बन्धी विस्तृत विवरण भने मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्न आयोजना हुने नियमित पत्रकार सम्मेलन सार्वजनिक गरिने छ ।

नेपालमा २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध र २०६२/६३ सालको जनआन्दोलनमा शहादात प्राप्त गरेका सहिदहरूको विवरणलाई सरकारले राजपत्रमा प्रकाशित गर्न लागेको हो । 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  २०:०२
प्रतिक्रिया दिनुहोस्