Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका चार स्थानीय तहमा नौ महिनापछि कित्ताकाँट फुकुवा

बढ्न थाल्यो सेवाग्राहीको भिड
२०७९ फागुन १६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मालपोत कार्यालयका जग्गाको कित्ताकाँट खुला भएको छ । कित्ताकाँट बन्द भएको करिब नौ महिनापछि जिल्लााका चार स्थानीय तहमा मात्र कित्ताकाँट खुला गरिएको हो ।

गत जेठ अन्तिम साताबाट बन्द गरिएको जग्गाको कित्ताकाँट फागुन १५ गते सोमबार देखि खुला भएको हो । जिल्लाको मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका र त्रिवेणी गाउँपालिका क्षेत्रमा हुने जग्गाको कित्ताकाँट खुला भएको हो ।

मालपोत कार्यालयका निमित्त प्रमुख ओमबहादुर खत्रीका अनुसार चार स्थानीय तहले स्थानीय भूउपयोग कार्यविधि तयार गरेकोले कित्ताकाँट फुकुवा गरिएको हो । अव जिल्लाका सानीभेरी र बाँफिकोट गाउँपालिकाले उक्त कार्यविधि तयार गर्न बाँकि रहेको बताईएको छ ।

गत जेठ महिनाको अन्तिम साता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार कित्ताकाँट बन्द गरिएको थियो । स्थानीय भूउपयोग कार्यविधि तयार नगरेसम्म कित्ताकाँट बन्द गर्ने मन्त्राललयको परिपत्र आएकोले नौ महिना उक्त सेवा बन्द गर्नुपरेको निमित्त प्रमुख खत्रीले बताउनुभयो । कार्यविधि बनाउन बाँकि रहेका दुई गाउँपालिकाले चाँडै नै कार्यविधि बनाईसक्न लागेको सूचना प्राप्त भएको मालपोत कार्यालयले जनाएको छ ।

अब भूउपयोग नियमावली, २०७९ को दफा १२ अनुसार जिल्लामा कृषि र आवासीय क्षेत्रको कित्ताकाँट गरिने जनाईएको छ । जसअनुसार कृषि क्षेत्रको लागि कम्तिमा एक हजार वर्गमिटर र आवासीय क्षेत्रको जग्गाको लागि कम्तिमा १३० वर्गमिटर जग्गा हुनुपर्नेछ । तोकिएको क्षेत्रफलभन्दा कम जग्गाको कित्ताकाँट नहुने नियमावलीले व्यवस्था गरेको छ ।

स्थानीय भूउपयोग कार्यविधि तयार गर्नुअघि स्थानीय तहले स्थानीय भूउपयोग परिषद गठन, क्षेत्र वर्गिकरण लगायतका काम सम्पन्न गर्नुपर्ने हुन्छ । जिल्लाका चार स्थानीय तहले फागुन १५ भित्र कार्यविधि तयार गरेर कार्यपालिका बैठकबाट अनुमोदन समेत गरेका छन् । उक्त निर्णय मालपोत कार्यालयमा प्राप्त भएपछि कित्ताकाँट खुला भएको हो ।

कित्ताकाँट फुकुवा भएकै दिनदेखि मालपोतमा सेवाग्राहिको भिड बढ्न थालेको छ । कार्यालयका निमित्त प्रमुख खत्रीले जनशक्ति थोरै भएकोले सेवााग्राहिको चाप थेक्न गाह्रो हुने उल्लेख गर्नुभयो ।

दरबन्दी कम र बेलाबेलामा हुने सिस्टमको समस्याका कारण सेवाग्राहि आएकै दिनमा सेवा दिन सकिदैन कि भन्ने चिन्ता रहेको उहाँले उल्लेख गर्नुभयो । कार्यालयमा एक जना अधिकृत, तीन नायब सुब्बा, दुई खरिदार, एक टाइपिस्ट र चार जना कार्यालय सहयोगीको दरबन्दि रहेको छ । अधिकृत दरबन्दी खाली हुँदा नायब सुब्बाले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्