Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा एकै दिन १६ हजार दाँते ओखरका विरुवा रोपिए

२०७९ फागुन १६
tribeni2

रुकुम पूर्वमा एकै दिनमा १६ हजार ओखरका बिरुवा रोपिएको छ । जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकामा मंगलबार १६ हजार दाँते ओखरको कलमी विरुवा रोपिएको हो ।

लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, सांसद पूर्णबहादुर घर्ती, प्रदेश सभा सदस्यहरु, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिको सहभागितामा विरुवा रोपिएको हो ।

डिभिजन वन कार्यालय रुकुम पूर्वको आयोजनामा जिल्लाका विभिन्न ठाउँमा टर्कीबाट ल्याईएका ओखरका विरुवा रोपिएको कार्यालय प्रमुख जितेन्द्र खड्काले जानकारी दिनुभयो । उच्च पहाडि क्षेत्रमा ओखर विकास कार्यक्रम अन्तर्गत विरुवा रोपिएको हो ।

सिस्ने गाउँपालिका–५ रुमालबारामा मन्त्री चौधरी सहित लुम्बिनी प्रदेशसभा सदस्यहरु सुरुल पुन मगर, दिलकुमारी बुढा मगर, सरिता पुन मगर, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढा लगायतले बिरुवा रोपेर कार्यक्रमको सुरुवात गर्नुभएको हो ।

त्यसैगरी भूमे गाउँपालिका–३ झुम्लाबाङमा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्ती मगर, जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसी, गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढा लगायतले बिरुवा रोपेर कार्यक्रमको सुरुवात गर्नुभएको डिभिजन वन कार्यालयका प्रमुख खड्काले जानकारी दिनुभयो ।

पुथा उत्तरगंगा गाउँपालिकाको पिपल्तुङमा भूमि आयोग रुकुम पूर्वका अध्यक्ष दीपेन्द्र छन्त्यालको प्रमुख आथित्यतामा विरुवा रोपन कार्यक्रम सुरुवात गरिएको हो । कार्यालय प्रमुख खड्काले जिल्लाभर १४२ जना किसानको जग्गामा १६ सय विरुवा मंगलबार नै रोपिएको दाबी गर्नुभयो ।

सिस्नेमा ओखरका बिरुवा लगाउने कार्यको उद्घाटनमा वन तथा वातावरण मन्त्री चौधरीले ओखर खेतीबाट राम्रो सम्भावना देलेपछि लगानी गरिएको बताउनुभयो । किसनको माग र सरकारको लगानीको यस महत्वपूर्ण कार्यलाई सदुपयोग गरेर आर्थिक लाभ लिन उहाँले किसानहरुलाई अनुरोध गर्नुभयो ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्