Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा प्रहरीद्वारा ‘यात्रु सुरक्षा अभियान’

२०७९ फागुन १६
tribeni2

रुकुम पश्चिममा 'यात्रु सुरक्षा अभियान' सञ्चालन गरिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयको संयुक्त आयोजनामा उक्त अभियान सञ्चालन गरिएको हो ।

अभियान अन्तर्गत मुसिकोट नगरपालिका -१ बागबजारमा ट्राफिक नियम सम्बन्धिका विभिन्न श्रव्यदृश्य सामाग्री प्रदर्शन गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेशभर सञ्चालन गरेको ‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान’ अन्तर्गत जिल्लामा ‘यात्रु सुरक्षा अभियान’ सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले बताउनुभयो ।

उहाँले संगीत र दृश्यको माध्यामबाट सचेतनामुलक सन्देश प्रवाह गर्दा धेरैको ध्यान केन्द्रित हुने भएकोले श्रव्यदृश्य सामाग्री प्रदर्शन गरिएको बताउनुभयो ।

सवारी दुर्घटना कम गर्न, आत्महत्या रोक्न, विभिन्न हिंसाका घटना न्यूनीकरण गर्न, लागुपदार्थको दूव्र्यसन रोक्न प्रहरीले जिल्लाभर यात्रु सुरक्षा अभियानलाई सञ्चालन गर्ने डिएसपी भट्टराईले बताउनुभयो । सबै प्रहरी चौकीहरु मार्फत स्थानीय तहहरुसँग समन्वय गरेर अभियान सञ्चालन हुने बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले सार्वजनिक रुपमा ठुलो पर्दामा प्रोजेक्टर मार्फत चेतनामूलक सामाग्री प्रदर्शन गरिएको जनाउनुभयो । श्रव्यदृश्य प्रदर्शनीमा स्थानीय व्यापारीहरु, सर्वसाधारणहरु, सवारी साधन चालकहरु, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

ट्राफिक नियम तथा संकेतहरु, दुर्घटनाले निम्त्याउने क्षती, सडक सुरक्षा बारेमा आज सामाग्री प्रदर्शन गरिएको हो । जिल्लाका विभिन्न स्थान तथा चोकहरुमा नियमित श्रव्यदृश्य सामाग्री मार्फत सचेतनामूलक सामाग्री देखाईने प्रहरीको योजना रहेको छ ।

सहभागीहरुले श्रव्यदृश्य सामाग्री सचेनामुलक तथा ज्ञानबद्र्धक रहेको प्रतिक्रिया दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्