Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा आरा मेसिनले लियो मालिकको ज्यान

२०७९ फागुन १७
tribeni2

रुकुम पूर्वमा आफैले सञ्चालन गरेको आरा मेसिनमा परेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्वर १२ क्युबाङका कर्मधन पुनको मंगलबार राती मृत्यु भएको हो ।

पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीका अनुसार मंगलबार राती करिब ८ बजेतिर आरा मेसिन अचानक दुर्घटना हुँदा घाईते हुनुभएका पुनलाई उपचारका लागि रुकुम पूर्व अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

आरा मेसिन दुर्घटनाको खबर लगत्तै आफू सहित गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा घटनास्थल पुगेको र गाउँपालिकाकै गाडिमा रुकुमकोट स्थित अस्पताल लैजाने बेलामा उहाँको मृत्यु भएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ०८:०३
प्रतिक्रिया दिनुहोस्