Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेविसंघ रुकुमले छान्यो चार क्याम्पसको स्ववियु सभापतिका उम्मेदवार

२०७९ फागुन १७
tribeni2

रुकुम पश्चिम / नेपाल विद्यार्थी संघ रुकुम पश्चिमले आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि जिल्लाका चार क्याम्पसमा सभापति पदका उम्मेदवारको टुंगो लगाएको छ ।

जिल्लामा रहेका आठ वटा क्याम्पस मध्य जहारी क्याम्पस खोलागाउँ, राडिज्युला शिक्षा क्याम्पस, मुसिकोट खलंगा बहुमुखी क्याम्पस र रुकुमेली क्याम्पसमा सभापति पदको लागि उम्मेदवारको टुंगो लगाएको नेविसंघका जिल्ला अध्यक्ष लालबहादुर ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेविसंघका तर्फबाट जिल्लाको आठबिसकोटमा रहेको राडिज्युला क्याम्पसमा बसन्त चन्द र चौरजहारीमा रहेको जहारी क्याम्पस खोलागाउँमा दिपक के.सी., मुसिकोट खलंगा बहुमुखि क्याम्पसमा सन्तोष ओली र रुकुमेली क्याम्पसमा अनिशेष केसीलाई सभापति पदको उम्मेदवार बनाउने निर्णय भएको छ ।

सिम्रुतु शिक्षा क्याम्पस, स्यार्पु बहुमुखि क्याम्पस, शीतल क्याम्पस र सानीभेरी शिक्षा क्याम्पसमा चाँडै सभापतिका उम्मेदवार टुंगो लगाईने अध्यक्ष ओलीले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्