Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कमलफूलको औषधिय विशेषता

२०७९ फाुगन १८
tribeni2
  • बिष्णुहरि आचार्य

लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पुर्व बिभिन्न किसिमका बहुमुल्य जडिबुटी र ओखतीको उद्गम स्थल हो। आयुर्वेद औसधिको लागि आवस्यक पर्ने कच्चा जडिबुटीहरु धेरै छन् यो ठाउँमा।

रुकुम पुर्वको रुकुमकोटस्थित कमलताल यो ठाँउको पर्यटनस्थल पनि हो। जसको संरक्षण र सम्बर्द्धन राम्रोसँग गर्न सक्यौ र प्रचार प्रसारमा ध्यान दियौ भने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर रोजगार तथा आर्थिक उपार्जनका थुप्रै कामहरु गर्न सकिन्छ ।

यहाँको कमलतालको अर्को सुन्दर पक्ष तालमा रहेको कमलफूलले दर्शाउने गर्दछ। वर्षा ऋतुमा ताल भित्र ढकमक्क फुल्ने कमलफूलले यहाँ आउने पर्यटकको मनमा एक किसिमको उत्साह नै थपेको पाइन्छ। कमल तालको वरिपरि घुम्दै गर्दा टिकटक बनाउने र फोटा खिचेर रमाउनेहरु दिनहुँ उल्लेख्य संख्यामा रहेका छन् ।

जिल्लाको अर्को महत्वपूर्ण बिशेषता भनेको सुन्दर वातावरण सहितको चिसो मौसम पनि हो। कमलताल भित्र रहेको कमलफूलको जरालाई औसधिको रुपमा प्रयोग गरिन्छ। वसन्त ऋतुमा तालमा पानी थोरै भएको समयमा तालभित्रबाट कमलका जराहरु निकालेर जम्मा गरिन्छ । ति जराहरुलाई धोईपखालि संरक्षण गरि राखिन्छ। कमलको जरालाई अचार तथा तरकारिको रुपमा पनि प्रयोग गरिन्छ । यसलाई पाउडर बनाएर राखि बिभिन्न रोगमा पनि प्रयोग गर्न सकिन्छ।

कमल र कमलको जरामा औसधिय विशेषता राख्ने निम्न किसिमका रासायनिक तत्व पाइन्छ्न :

१०० ग्राम कमलफुलमा ७२.१४ मिलिग्राम Moisture, १०.५ मिलिग्राम Starch, १६.०३ मिलिग्राम Carbohydrate, २.६ मिलिग्राम ptotein,०.१० मिलिग्राम fat, ४.२० मिलिग्राम Fibre,१.१८ मिलिग्राम Ash, ४०.०० मिलिग्राम Calccium, ५८.० मिलिग्राम Phosphorus., १.०७ मिलिग्राम Iron, ४.०५ मिलिग्राम potassiuma, ३८मिलिग्राम Vitamina जस्ता तत्वहरु हुन्छ्न।

शरिरलाई आवश्यक पर्ने विभिन्न तत्व्हरुको आपूर्ति देखि निम्न किसिमका समस्याहरुमा यस्को प्रयोग प्रभावकारि मानिन्छ :

कमल जराको पाउडर ३-५ ग्रामको मात्रामा नियमित १ महिना बिहान साँझ प्रयोग गर्दा मोटोपन तथा कोलेस्ट्रोल नियन्त्रण गर्दछ। उच्च रक्तचाप नियन्त्रणमा प्रभावकारि छ। प्रर्याप्त मात्रामा फाइवर हुने हुनाले मधुमेह रोगमा लाभदायी मानिम्छ। पायारिडोक्सिन तथा भिटामिन बि कम्पेलेक्स जस्ता तत्व हुने भएकोले मेमोरि पावर बढाउन तथा तनाव कम गर्न महत्वपूर्ण मानिन्छ। बिभिन्न किसिमका भिटामिनजन्य तत्व हुने हुनाले रोग प्रतिरोधक क्षमता बढाउन महत्वपूर्ण छ।

हेपाटाइटिस र कलेजो रोगमा यसको प्रयोग अत्यन्तै उपयोगी हुने विभिन्न अनुसन्धानद्वारा पुष्टि भएको छ। चर्म बिकार तथा छालाको सुन्दरता बढाउन यसको फूलको लेप तथा जराको प्रयोग अत्यन्तै प्रभावकारि मानिन्छ। रक्तबर्धक तथा पाचन प्रणालिलाई चुस्त दुरुस्त राख्दछ। शरिरमा आवस्यक पर्ने फाइवरजन्य तत्वको सन्तुलन कायम गर्दछ।

- (लेखक आचार्य, जिल्ला आयुर्वेद रुकुम पुर्वका कार्यालय प्रमुख तथा योग अभियान्ता हुनुहुन्छ ।)

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्