Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कोलमा नि:शुल्क सुरक्षित गर्भपतन सेवा सुरु

२०७९ फागुन १८
tribeni2

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको कोलमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भवती सेवा कार्यक्रम सुरु भएको छ ।

बिहिबारदेखि प्राथमिक स्वास्थ्य केन्द्र कोलमा सुरक्षित गर्भवती सेवा सुरु गरिएको गाउँपालिकाका शाखा शाखा सह संयोजक कलिभान बिष्टले जानकारी दिनुभयो ।

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर १२ का वडा अध्यक्ष दिलमान पुनले एक कार्यक्रमका बीच सुरक्षित गर्भपतन सेवाको उद्घाटन गर्नुभएको हो ।

स्वास्थ्य शाखा सह संयोजक विष्टका अनुसार अव देखि प्राथमिक स्वास्थ्य केन्द्रमा नि:शुल्क रुपमा सुरक्षित गर्भपतन सेवा निरन्तर हुनेछ । उहाँले प्राथमिक स्वास्थ्य केन्द्रमा १० हप्ता भित्रको गर्भलाई पूर्ण गोपनियताका साथ सुरक्षित रुपमा गर्भपतन गरिने बताउनुभयो ।

उक्त सेवा शनिबार बाहेकका दिनमा बिहान नौ बजेदेखि ३ बजेसम्म प्रदान गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्