Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
चौरजहारी उद्योग वाणिज्य संघ

चौरजहारी उद्योग वाणिज्य संघको भवन बन्दाबन्दै अलपत्र

भवन बनाउन सहगोग गर्न अग्रसर भएहरु आन्तरिक विवादको कारण पन्छिए
२०७९ फागुन १८
tribeni2

रुकुम पश्चिममा रहेको चौरजहारी उद्योग वाणिज्य संघको निर्माणाधिन कार्यालय भवन लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ । चौरजहारीको बसपार्क नजिक बन्न थालेको उक्त भवन बजेट अभाव भएको भन्दै बन्दाबन्दै रोकिएको हो ।

तीन वर्ष देखि पिलर र थोरै वाल उठाएको अवस्थामा उक्त भवन रहेको छ । अहिले निर्माणाधिन भवन अलपत्र जस्तै भएको छ । उद्योग वाणिज्य संघको कार्यसमिति भित्र विवाद रहेको र आर्थिक पारदर्शिता नभएको भन्दै कार्यसमिति भित्रै विवाद भएकोले भवनको काम पूर्ण हुन नसकेको बताईएको छ ।

उद्योग वाणिज्य संघ चौरजहारीका अध्यक्ष प्रेम सुनारले आर्थिक अभावले भवन पुरा गर्न नसकिएको बताउनुभयो । सबै व्यापारीहरुबाट चन्दा उठाएर भएपनि कार्यालय भवन बनाउने गरी भएको सल्लाह अनुसार भवन निर्माण सुरु गरिएको तर कोरोना महामारी, टिमवर्कको अभाव र व्यवसाय नविकरणको काम हुन नसक्दा भवन निर्माण अधुरै रहेको उहाँको भनाई रहेको छ ।

कार्यसमितिमा संस्थामा अपारदर्शिता रहेको भनेर विवाद हुन थालेपछि सहयोगी निकायले समेत सहयोग गर्ने वातावरण नबनेको उहाँले दुखेसो पोख्नुभयो । हालसम्म करिब २३ लाख रकम भवन निर्माणको काममा खर्च भएको जानकारी दिनुहुँदै अध्यक्ष सुनारले आफूले करिब आठ लाख रकम लगानी गरेको दाबी गर्नुभयो । सुरुमा स्थानीय सरकारले सहयोग गर्ने आश्वास दिएतापनि अहिले सहयोग नगरेको उहाँले उल्लेख गर्नुभयो ।

उद्योग वाणिव्य संघको अलपत्र भवन निर्माणका लागि चौरजहारी नयाँ शहर आयोजना कार्यालयले चासो देखाएको थियो । आयोजना कार्यालयले भवन पुर्ण बनाईदिने प्रस्ताव उद्योग वाणिज्य संघ समक्ष राखेपनि सफल हुन नसकेको जनाइएको छ ।

उद्योग वाणिज्य संघको विकासका लागि केहि गरौं भन्ने विभिन्न व्यक्ति तथा निकायबाट चासो भएको तर तर संघको आन्तरिक विवादको कारण उक्त काम अघि बढ्न नसकेको संघकै पदाधिकारीको भनाई रहेको छ ।

उद्योग वाणिज्य संघ चौरजहारीका केहि पदाधिकारीहरुले अध्यक्षको असक्षमताको कारण उद्योग वाणिज्य संघमा समस्या आएको आरोप लगाएका छन् । उनीहरुले आर्थिक पारदर्शिता नहुँनुका साथै लामो समयदेखि बैठक बस्न नसकेको, कार्यकाल पनि अधिवेशन हुन नसकेको, सस्था नविरकण समेत नभएको जानकारी दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्