Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कमलको जरा निकाल्न बन्द

२०७९ फागुन १८
tribeni2

रुकुम पूर्वको रुकुमकोटमा रहेको कमलतालमा रहेको कमलफूलको जरा निकाल्न बन्द गरिएको छ ।

कमलदह प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण केन्द्रले एक सूचना जारी गर्दै कमलका जरा निकाल्ने काम बन्द भएको जनाएको छ ।

सिस्ने गाउँपालिका र केन्द्रको समन्वयमा जरा निकाल्नको लागि तालमा स्थान निर्धारण गरितापनि १६ गते मंगलबारका दिन जरा निकाल्न प्रतिबन्ध लगाईएको स्थानतर्फ जथाभावि जरा निकाल्ने काम भएकोले जरा निकाल्ने कार्य आधिकारिक रुपमा बन्द गरिएको जनाईएको छ ।

यस वर्ष माघ २५ गतेदेखि फागुन २५ गतेसम्म कमलका जरा निकाल्न मिल्ने व्यवस्था गरिएतापनि तोकिएको निर्देशनको अवज्ञा भएकोले बन्द गर्नुपरेको जनाइएको छ ।

कमलहदको ढलेपिपलदेखि पल्लोपट्टि राधा कृष्ण मन्दिर मन्दिर देखि दक्षिण तिरको भागमा मात्र जरा निकाल्न मिल्ने व्यवस्था रहेको थियो । तर उक्त व्यवस्था विपरित कमलदहको प्रवेशद्धार तिर जथाभावि जरा निकाल्ने काम भएको केन्द्रले सूचनामा उल्लेख गरेको छ ।

कमलतालको कमलको जरा अचार तथा औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्