Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा लघुबित्तका कर्मचारीहरु एकजुट, ३१ सदस्यीय मञ्च गठन

२०७९ फागुन १८
tribeni2

रुकुम पश्चिममा लघुबित्तका कर्मचारीहरु एकजुट भएका छन् । बिहिबार जिल्ला सदरमुकाम मुसिकोटमा लघुबित्तका कर्मचारीहरु भेला भएर लघुबित्त कर्मचारी मञ्च गठन गरिएको छ ।

३१ सदस्यीय मञ्चको अध्यक्षमा स्वाबलम्बन लघुबित्त बित्तीय संस्था रुकुमपश्चिमका देब सिंह ठकुरी चयन हुनुभएको छ ।

मञ्चको बरिष्ट उपाध्यक्षमा संगम देवकोटा, उपाध्यक्षमा दलबहादुर ओली, हस्तबहादुर कुँवर, श्रीकृष्ण गिरी र सुशिल बस्नेत चयन हुनुभएको छ । महासचिवमा गोविन्द थापा, सचिवमा महेन्द्र खत्री, बेग बहादुर ओली, सिर्जना केसी र कोषाध्यक्षमा चन्द्रमणी शाही मल्ललाई चयन गरिएको छ । मञ्चको सूचना अधिकारीमा गोविन्द शाहीलाई चयन गरिएको महासचिव थापाले जानकारी दिनुभयो ।

यस क्षेत्रमा स्थापना भएका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारी संगठित भई रुकुम पश्चिम् लघुवित्त कर्मचारी मञ्च विस्तार गरेको लघुबित्त मञ्च रुकुम पश्चिमका महासचिव थापाले बताउनुभयाे 

उक्त भेला बिजय लघुबित्त बित्तिय संस्थाको कार्यालयमा मुसिकोटमा भएको थियो । स्वाबलम्बन लघुबित्त बित्तीय संस्थाका शाखा प्रबन्धक दिपक भुजेल संयोजकत्वमा सुरु भएको भेलामा जिल्लामा रहेका १० वटा शाखा कार्यालयका ४० बढीको कर्मचारीहरुको उपस्थिती रहेकाे थियो ।

उक्त भोलामा बर्तमान अबस्थामा लघुबित्तको क्षेत्रमा देखिएका बिभिन्न समस्याहरु कसरी समाधान गर्ने, अराजक गतिबिधिहरुको कसरी सामना गर्ने, लघुबित्त बित्तीय संस्था प्रतिको भ्रमलाइ कसरी चिर्ने भन्ने लगायतका बिषयमा छलफल तथा अन्तक्रिया गरिएको थियो ।

भेलाले लघुबित्तका कर्मचारीहरुको सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, लघुबित्त साक्षरता कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्