Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका वडा वडामा एमालेको ‘मिसन ग्रासरुट’

२०७९ फागुन १९
tribeni2

रुकुम पश्चिम / नेकपा (एमाले) को केन्द्रिय कार्यक्रम अनुसार रुकुम पश्चिममा सुरुवात गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रम वडास्तरमा सञ्चालन भईरहेको छ ।

जिल्ला र नगर तथा गाउँपालिकास्तरमा कार्यक्रम सम्पन्न गरेर वडास्तरमा कार्यक्रम सञ्चालन गरिएको एमाले रुकुम पश्चिमले जनाएको छ । एमाले रुकुम पश्चिमका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले केन्द्रिय कमिटीका सचिव योगेश भट्टराईले जिल्लास्तरमा उद्घाटन गरेको कार्यक्रम जिल्लाका छ वटा पालिकामा सम्पन्न गरेर ७३ वटै वडामा सञ्चालन थालिएको बताउनुभयो ।

वडास्तरका कार्यक्रममा पनि केन्द्रिय कमिटीकै सदस्यहरुको अगुवाई रहेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष देवकोटाले जिल्लाको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा केन्द्रिय सदस्य रतननाथ योगी, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा केन्द्रिय सदस्य सिपी घर्ती र मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा केन्द्रिय सदस्य सुर्यकुमारी श्रेष्ठको अगुवाईमा मिसन ग्रासरुट अन्तर्गतका कार्यक्रमहरु सञ्चालन भैरहेको बताउनुभयो ।

उहाँले ‘मिसन ग्रासरुट’ कार्यक्रममा कार्यकर्ता र अन्य सर्वसाधारणहरु उत्साहपूर्वक सहभागी भईरहेको जनाउनुभयो । पार्टीको केन्द्रिय कार्यक्रम पार्टी संगठन विस्तार तथा सुदृढिकरण अभियान अन्तर्गतको दुई महिने ‘मिसन ग्रासरुट’ कार्यक्रम फागुन ११ गते जिल्लामा सञ्चालन गरिएको थियो ।

एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीले वडास्तरको कार्यक्रममा केन्द्रिय सदस्यहरुको साथमा प्रदेश कमिटी र जिल्ला कमिटीका पदाधिकारीकारीहरु समेत रहेको बताउनुभयो । ‘मिसन ग्रासरुट’ कार्यक्रममा जनवर्गिय संगठन निर्माण, पुनर्गठन, भेला, सदस्यता वितरण तथा नविकरण लगायतका कार्यहरु गरिरहेको ओलीले जानकारी दिनुभयो ।

कार्यक्रममले राज्य र जनता बीचको खाडललाई पुर्न पुलको काम गर्ने एमाले रुकुम पश्चिमले जनाएको छ । जनताका घरआँगनमा पुग्ने, पार्टीका कार्यकर्ता भेट्ने, वर्तमान राजनीतिक अवस्थाको जानकारी गराउँने, पार्टीका भित्रका कमीकमजोरी केलाउने, चुनावको समिक्षा गर्ने काम यस अभियानको क्रममा गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्