चुली कप जितेर रुकुमले पायो दुई लाख २० हजार पुरस्कार

२०७९ फागुन १९

रुकुम पश्चिमले दोश्रो चुली कपको उपाधि हात पारेको छ ।

सुर्खेतको बिरेन्द्रनगरमा भएको पुरुष तर्फको भलिबलको फाइनलमा सुर्खेतलाई पराजित गर्दै रुकुम पश्चिमले चुली कपको उपाधि हात पारेको हो । शुक्रबार भएको फाईनलमा रुकुमले सुर्खेतलाई ३–१ को सेटमा पराजित गरेको हो ।

चुली कपको उपाधि पाउन सफल रुकुम पश्चिमले कप सहित नगद दुई लाख २० हजार पुरस्कार जितेको छ । रुकुम पश्चिमले लामो समयपछि भलिबलमा उपाधि हात पारेको टिम कोच तेज बुढाले बताउनुभयो ।

उप विजेता सुर्खेतले कपसँगै नगद एक लाख ५० हजार पाएको छ । प्रतियोगितामा तेस्रो स्थान ल्याउन सफल सल्यानले ७५ हजार नगद प्राप्त गरेको छ । एपिएफ क्लवलाई पराजित गर्दै सल्यानले ७५ हजार नगद जितेको छ ।

चौथो स्थान ल्याउन सफल एपिएफ क्लबले ५० हजार नगद पुरस्कार पाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्