सोसल मिडिया
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटलाई कागजको घोडा जस्तै भएको बताएका छन् ।
संघीय संसद अन्र्तगत प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै खाँडले कागजको घोडाले दाना पनि नखाने र सामान पनि नबोक्ने गरेजस्तै सरकारले बजेट खर्च गर्न पनि नसक्ने र उपलब्धी पनि नहुने बताए ।
कर्मचारीको तलव बृद्धिलाई हेर्दा सरकार समाजबाद हुँदै पुँजीबाद उन्मुख हुने खतरा रहेको खाँडको भनाई छ ।