Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सहिद स्मृति भवन निर्माणका ढिलासुस्ती

२०७९ फागुन २१
tribeni2

रुकुम पश्चिम / सहिदहरुको सम्झनामा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर –७ छोटेबगरमा निर्माण कार्य थालिएको सहिद स्मृति भवन अलपत्र अवस्थामा रहेको छ ।

बजेट अभावसँगै निर्माण व्यवसायीको ढिलासुस्तीको कारण स्मृति भवन अलपत्र अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।

तत्कालीन समयमा माओवादीले सुरु गरेको जनयुद्धको क्रममा ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा र युद्ध सम्बन्धिका अन्य अभिलेखहरुको प्रयोजनका लागि बनाउन थालिएको भवन निर्माणमा ढिलाई भएको सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बताउनुभयो । स्मृति भवनलाई युद्ध संग्रहालयको रुपमा विकास गर्ने सोच भएको तर बजेट अभाव र निर्माण व्यवसायीको लापरबाहिले लथालिङ्ग जस्तै भएको उहाँले जानकारी दिनुभयो ।

स्मृति भवन निर्माणका लागि आर्थिक वर्ष ०७६/७७ मा कर्णाली प्रदेश सरकारबाट बजेट प्राप्त भएको थियो । त्यस वर्ष ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै मुद्धा परेपछि बजेट फिर्ता भएको थियो । गाउँपालिका अध्यक्ष बिष्टका अनुसार आर्थिक वर्ष ०७७/७८ मा प्राप्त भएको ४० लाख रुपियाँले भवन निर्माणका लागि उपभोक्ता समिति मार्फत काम सुरु गरिएको थियो ।

त्यसयता भवन निर्माणमा प्रगती भएको छैन । आर्थिक वर्ष ०७८/७९ मा खोलिएको ठेक्का अनमोल निर्माण सेवाले पारेको थियो । २०७८ पौषमा सम्झौता गरेको सेवा कम्पनिले गत असार देखि २०८० असारसम्मका लागि म्याद थप समेत गरेको छ ।

कुल ४५ लाख २४ हजार ४४७ रुपियाँमा सम्झौता गरेको उक्त सेवाले हालसम्म १० प्रतिशत मात्र काम गरेको गाउँपालिकाले जनाएको छ । निर्माण व्यवसायीले बैंक ग्यारेन्टी राखेर पेश्की रकम समेत लिएको छ । बारम्बार ताकेता गर्दापनि निर्माण कम्पनीले अटेरी गरेको गाउँपालिकाको भनाई रहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्