Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
https://www.hrdcjajarkot.org.np/

७ दिने व्यवसाय शुरु तथा सुधार प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

२०७९ फागुन २१
tribeni2

जाजरकोट/पहाडी क्षेत्र विकास अभियान जाजरकोटद्वारा संचालन गरिएको ब्यवसाय शुरु तथा सुधार सम्बन्धी ७ दिने प्रशिक्षक प्रशिक्षण तालिमको आज आइतवार समापन गरिएको छ ।

लघुउद्यम विकासका लागि समुदाय स्तरमा तालिम सञ्चालन गर्न अवसर दोस्रो परियोजना मार्फत पहाडी क्षेत्र विकास अभियानले दैलेख, अछाम र जाजरकोट जिल्लाका १२ जना कृषि प्राविधिकहरुलाई प्रशिक्षक प्रक्षिक्षण तालिम संचालन गरेको थियाे । 

पहाडी क्षेत्र विकास अभियान जाजरकाेटका अध्यक्ष प्रदिपज‌ंग शाहकाे अध्यक्षता र उद्याेग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका कार्यालय प्रमुख महेन्द्र कुमार भडेलको प्रमुख आतिथ्यता रहेकाे कार्यक्रम बिच तालिमको समापन गरिएको हो ।

खेतीयोग्य जमिन नभएका, वैदेशिक रोजगारबाट फर्किएका, विद्यालय जान छाडेका, सीमान्तकृत सिमान्तकृत तथा विपन्न परिवारका १८ देखि ४० वर्ष उमेरसमूहका युवालाई लक्षित गरि अवसर दोस्रो परियोजना संचालन गरिएको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदिपजंग शाहले जानकारी दिनुभयो ।

गत फागुन १५ गतेदेखि संचालन भएको उक्त तालिमको सहजीकरण सेभ द चिल्ड्रेनका मोतिलाल ढकाल र प्रेम पुन तथा पहाडी क्षेत्र विकास अभियान जाजरकोटका कार्यक्रम संयोजक बिनोद पोखरेलले गर्नुभएको थियो ।

समापन कार्यक्रममा प्रमुख अतिथि महेन्द्र कुमार भडेलले सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियानले कर्मचारीको क्षमता विकासको लागि संचालन गरेकाे व्यवसाय शुरु तथा सुधार प्रशिक्षक प्रशिक्षण तालिम स्रहानिय रहेको बताउनुभयो । भडेलले  युवा तथा लघुउद्यमीको विकास लागि संगै सहकार्य गर्न आफ्नो कार्यालय तयार रहेको समेत बताउनुभयो ।

तालिममा सहभागिहरुले आगामी दिनमा लक्षित समुदायका युवाहरुलाई लघु उद्यम तथा ब्यवसायकाे ब्यवस्थापन, संचालन, योजना, उत्पादन र आम्दानीका बिषयमा समुदाय स्तरमा तालिम संचालन गर्नेछन् ।

पहाडी क्षेत्र विकास अभियानले अवसर दोश्रो परियोजना मार्फत भेरी नगरपालिका, कुशे गाउँपालिका र शिवालय गाउँपालिकामा १८ देखि ४० वर्ष उमेरसमूहका युवा लक्षित कृषि, बाख्रापालनका लागि बिउ, प्रजनन बाेका तथा प्रविधिक सहयाेग गरेको छ ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोट, सेभ दि चिल्ड्रेन र स्थानीय सरकारसंगको संयुक्त सहकार्यमा अवसर दोश्रो परियोजना संचालित छ ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्