इजाजत नलिएर पर्यटनका साहसिक तथा मनोरञ्जनात्मक गतिबिधि गरेमा कारबाहि गरिने

२०७९ फागुन २३

रुकुम पूर्व / जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जिल्लामा विभिन्न साहसिक खेल तथा मनोरञ्जनात्मक गतिविधिहरु इजाजत विना सञ्चालन गरेको पाईएमा कडा कारबाहि गर्ने जनाएको छ ।

प्रशासन कार्यालयलले मंगलबार एक सूचना मार्फत त्यस्ता गतिविधिहरु इजाजत विना सञ्चालन नगर्न अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले पर्यटन प्रवद्र्धनका लागि साहसिक पर्यटन बञ्जी जम्पिङ, जिपलाईन, क्यायोनिङ, एम्युज्मेन्ट, पार्क, मोटरबोट, जेटस्की लगायतका साहसिक खेल तथा मनोरञ्जनात्मक गतिविधिहरुपर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० बमोजिक पर्यटन विभागबाट इजाजत पत्र लिएर मात्र सञ्चालन गर्न पाईने जानकारी दिनुभयो ।

उहाँले हाल इजाजत पत्र बिनै विभिन्न जिल्लाहरुमा त्यस्ता गतिविधिहरु सञ्चालन भएको समेत उल्लेख गर्नुभयो । विना इजाजत त्यस्ता खेल तथा गतिविधिहरु गर्दा व्यवसायीहरु बीचमा अस्वस्थ प्रतिश्पर्धा तथा द्धन्द सिर्जना हुन सक्ने, राजश्व चुहावट हुन सक्ने, साहसिक खेलमा संलग्न हुने व्यक्तिको दुर्घटना बिमाको कानूनी उपचार नहुने साथै कानून विपरित हुने त्यस्ता कार्यले नकारात्मक असर पुर्याउने समेत प्रजिअ सुनुवारले जनाउनुभयो ।

त्यस्ता खेल तथा गतिविधिहरु जिल्लामा इजाजत विना सञ्चालन नगर्न तथा नगराउन प्रशासन कार्यालयले अनुरोध गरेको छ । इजाजत बिनै साहसिक पर्यटन गतिविधहरु सञ्चालन गरे/गराईएको पाईएमा प्रचलित कानून बमोजिम कडा कारबाहि गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्