Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटमा एक पुरुषको शव फेला

२०७९ फागुन २३
tribeni2

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका - ५ मा एक पुरुषको शव फेला परेको छ ।

मंगलबार बिहान बाँफिकोट गाउँपालिका वडा नम्वर ५ को बडगाउँ देखि लिखाबाङ जाने सडकखण्ड नजिक शव फेला परेको प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार अन्दाजी ५० वर्षिय पुरुषको उक्त शवको पहिचान हुन सकेको छैन । सडकदेखि करिब तीन सय मिटर तल शव भेटिएको बताईएको छ । घटना के कति कारणले हुन गएको हो भन्ने बारेमा केहि खुलेको छैन । 

बिहान घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याईएको छ ।

घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्