Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा माओवादीको संगठन सुदृढिकरण अभियान सुरु

२०७९ फागुन २४
tribeni2

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र चौरजहारीले संगठन सुदृढिकरण अभियान सञ्चालन गरेको छ ।

नेकपा माओवादी केन्द्र चौरजहारी नगर कमिटीको आयोजनामा बुधबार देखि औपचारिक रुपले अभियान सञ्चालन गरिएको हो । माओवादी केन्द्र चौरजहारी नगर कमिटि सचिव एल. बि. कटुवालका अनुसार विकास र समृद्धिको एजेण्डा सहित संगठन सुदृढिकरण अभियान सञ्चालन गरिएको छ । उहाँले नगरपालिकाको वडा नम्वर १ देखि अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

संगठनलाई चुस्त, दुरुस्त बनाउन, कार्यकर्ताहरुलाई सक्रिय बनाउन, जनवर्गिय संगठनहरु चलायमान बनाउन अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने सचिव कटुवालले बताउनुभयो ।

सदस्यता वितरण तथा नविकरण, जनवर्गिय संगठनहरु गठन तथा पुनर्गठन, कार्यकर्ता भेटघाट, टोल कमिटीहरुलाई प्रशिक्षण लगायतका कार्यहरु अभियान अन्तर्गत हुने नगर कमिटी अध्यक्ष सुदास स्वर्णकारले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य बिशाल शर्माको नेतृत्वमा सञ्चालन हुने यस अभियानलाई नगरका सबै वडा र टोलहरुमा सञ्चालन गरिने बताईएको छ । अभियान दुई महिनासम्म चल्ने माओवादी केन्द्र चौरजहारीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्