Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा प्याजको बीउ उत्पादनका लागि साना सिचाँई र कृषि औजार वितरण

२०७९ फागुन २५
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले प्याज बीउ उत्पादन कार्यक्रम अन्तर्गत साना सिंचाइ निर्माण र कृषि औजारहरु वितरण गरेको छ ।

सचेत एग्रीकल्चर प्रा.लि.को आयोजनामा भएको एक कार्यक्रमका बीच नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त सहयोग प्रदान गरेको हो ।

कार्यक्रममा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले नौ जना किसानलाईलाई मिनि पावर टेलर हस्तान्तरण गर्नुभएको छ । उक्त कार्यक्रममा ५० जना कृषकहरुलाई किटनाशक औषधि, टनेल प्लास्टिक, स्प्रे टेन्की, त्रिपाल, कोदालो, डिजिटल तराजु समेत प्रदान गरिएको चौरजहारी नगरपालिकाले जनाएको छ ।

सोहि कार्यक्रमबाट १८० मिटर साना सिचाई कुलो निर्माण समेत गरिएको गरिएको छ। यस कार्यक्रमबाट चौरजहारी नगरपालिका - ३ स्यालखोलाका करिब दुई सय सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।

चौरजहारी नगरपालिकाको आर्थिक वर्ष ०७९,८० को वार्षिक स्वीकृत कार्यक्रमबाट उक्त सहयोग गरिएको हो । उक्त कार्यक्रमका लागि नगरपालिकाको १५ लाख ३० हजार र र कृषकहरूको जनसभागिता १५ लाख ३० हजार गरेर जम्मा ३० लाख ६० हजार रकम खर्च भएको छ ।

सचेत एग्रीकल्चर प्रा.लि.का प्रोपाइटर तेजबहादुर बटालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा चौरजहारी नगरपालिका नगर प्रमुख पुष्प वादी, उप प्रमुख ईश्वरी शर्मा बि.एम., वडा नम्बर ३ का वडा अध्यक्ष लाल बहादुर बुढा, प्राबिधिक शाखा प्रमुख भिम बहादुर के.सी., आर्थिक बिकास शाखा निमित्त प्रमुख बिमल खड्का, नेकपा माओवादी केन्द्र चौरजहारी नगर कमिटी ईन्चार्ज बिरेन्द्र बुढा, अ.ने.कि.महासंघ केन्द्रिय सदस्य टेक बहादुर गिरि, सहारा ट्रेडर्स सुर्खेतका प्रोपाईटर तिलबिर बिस्टको समेत उपस्थिति रहेको थियो ।

यस सहयोगले किसानहरुलाई आधुनिक कृषि प्रविधीमार्फत स्वरोजगारमुलक बनाउन टेवा पुग्ने बताईएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्