Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा फेरि तीन नाल बन्दुक भेटिए, १८ दिनमा ११ बन्दुक फेला

२०७९ फागुन २६
tribeni2

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले पछिल्लो १८ दिनमा ११ नाल बेवारिसे अवस्थामा रहेका भरुवा बन्दुक फेला पारेको छ ।

आज शुक्रबार तीन नाल भरुवा बन्दुक फेला पारेसँगै जम्मा ११ नाल बन्दुक फेला पारेको बताईएको छ । जिल्लाको भूमे गाउँपालिका वडा नम्वर - ३ कागती खोलाको जंगलमा बेवारिसे अवस्थामा रहेका तीन नाल भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कागती खोलाको जंगलमा वेवारिसे अवस्थामा भरुवा वन्दुक रहेको छ भन्ने विशेष सुचनाको आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा उक्त बन्दुक फेला पारेको हो । जंगलमा लुकाई छिपाई राखेका ती बन्दुक जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस अघि फागुन ८ गते सोहि वडाको तुनबाङ खोलाको जंगलमा ६ नाल भरुवा बन्दुक फेला पारेको थियो भने फागुन २१ गते जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ रानीकोट सामुदायिक वनमा प्रहरीले दुई थान भरुवा बन्दुक फेला पारेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्