Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा मेलमिलापका लागि तालिम

२०७९ फागुन २७
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाउँपालिका भित्रका मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धिको आधारभूत तालिम दिएको छ ।

११ वटा वडा भित्रका प्रत्येक वडाबाट ३ जनाका दरले जम्मा ३३ जना मेलमिलापकर्ता र न्यायिक समितिका पदाधिकारीहरुलाई न्यायीक निरुपण र मेलमिलाप सम्बन्धिको तालिम दिइएको सानीभेरी गाउँपालिका न्यायीक समितिका संयोजक एवम् गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले जानकारी गराउनुभयो ।

न्यायीक समितिको आयोजना र प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहजिकरणमा तालिम सम्पन्न भएको हो । तालिमको सहजिकरण नेपालगंज उच्च अदालतका न्यायधिस बामदेव ज्ञवाली र प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालकी रमिला हुमागाईले गर्नुभएको थियो ।

४८ घण्टे मेलमिलाप सम्बन्धिको तालिम पश्चात वडामा हुने विवादहरु सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरी मेलमिलापबाट समाधान गरिने गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०८:०३
प्रतिक्रिया दिनुहोस्