सोसल मिडिया
सुर्खेत / एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेशको अध्यक्षमा रुकुम पश्चिमका शेरबिर दाहाल चयन हुनुभएको छ ।
कर्णाली प्रदेशको राजधानी बिरेन्द्रगर सुर्खेतमा सम्पन्न संगठनको दोस्रो अधिवेशनबाट दाहाल अध्यक्षमा चयन हुनुभएको हो ।
संगठनको बरिष्ठ उपाध्यक्षमा सल्यानका उमेश बुढाथोकी सर्बसम्मत चयन हुनुभएको छ।
त्यसैगरी संगठनको उपाध्यक्षमा गम बहादुर बुढा, डम्बर बहादुर सोडारि र महिला उपाध्यक्षमा निठु चौलागाईं चयन हुनुभएको छ ।
यस्तै महासचिवमा देवराज चौलागाईं, उपमहासचिवमा हर्क बहादुर वली र जयरुद्र ढकाल, सचिवमा शोभा अधिकारी र देबिराम तिमिल्सिना सर्बसम्मत चयन हुनुभएको छ।
सदस्यहरुमा शेर बहादुर डाँगी, हेमराज केसी, मिनराज वली र सुशिला वली लगायत ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय महासचिव निमबहादुर केसीले बताउनु भएको छ ।