Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : नातिको रिसमा हजुरबाको हत्या, ६ जना पक्राउ

२०७९ फागुन २८
tribeni2

रुकुम पश्चिममा एक जनाको हत्या अभियोगमा ६ जना पक्राउ परेका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका -८ घोरखानी बस्ने ७४ वर्षीय जितबहादुर बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षिय अनिल पुन, दुई जना १७ वर्षीय किशोर, दुई जना १६ वर्षीय किशोर र एक जना १४ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार जितबहादुर बुढाको नातीसँगको रिसिईबीको कारण घरमा पुगेकाहरुले आक्रमण गर्दा हजुरबुवा घाईते हुनुभएको थियो ।

शनिबार राती आठ बजे बुढा माथी कुटपिट भएको र घाइते भएका बुढाको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा राती १० बजे नै मृत्यु भएको डिएसपी भट्टराईले बताउनुभयो ।

घटनाको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्