Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा फेरि भेटिए १० नाल भरुवा बन्दुक

२०७९ फागुन २८
tribeni2

आईतबार रुकुम पूर्वमा थप १० नाल भरुवा बन्दुक फेला परेका छन् ।

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्वर २ स्थित तैलेटाको ओढारको जंगलमा प्रहरीले १० नाल भरुवा बन्दुक फेला पारेको जनाएको छ । वेवारिसे अवस्थामा भरुवा बन्दुक रहेको सुचनाको आधारमा प्रहरीले खोज तलास गरेर जंगलमा लुकाई छिपाई राखेको भरुवा बन्दुक फेला पारेको हो ।

यस अघि फागुन २६ गते जिल्लाको भूमे गाउँपालिका वडा नम्वर ३ कागती खोलाको जंगलबाट ३ नाल, फागुन २१ गते जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ रानीकोट सामुदायिक वनमा प्रहरीले दुई नाल र फागुन ८ गते भुमे गाउँपालिका वडा नम्वर ३ को तुनबाङ खोलाको जंगलबाट ६ नाल भरुवा बन्दुक फेला पारेको थियो ।

यससँगै प्रहरीले फागुन ८ गते यता २१ नाल भरुवा बन्दुक बरामद गरेको जनाएको छ । फेला पारेका बन्दुकहरु जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई रहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्