Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नवनिर्वाचित राष्ट्रपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

२०७९ फागुन २९
tribeni2

काठमाडाैं / नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो ।

गएको २५ गते बिहीवार भएको राष्ट्रपति चुनावमा पौडेलले ३३ हजार आठ सय दुई मतभार ल्याएर राष्ट्रपति बन्नुभएको हो । आजदेखि नै राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको रूपमा काम गर्नुहुनेछ ।

शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको उपस्थिति रहेको थियो । राष्ट्रपति पौडेलको सम्मानमा राष्ट्रपतिको कार्यालयले दिवाभोजको आयोजना गरेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्