Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा बन्दुक र बारुद सहित पक्राउ परेका दुईजना धरौटिमा रिहा

२०७९ फागुन २९
tribeni2

घरमा राखिएको बन्दुक र बारुद सहित पक्राउ परेका दुई जना धरौटिमा रिहा भएका छन् ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर -२ तुवाङका कमरा रोका र सुरेश घर्तीलाई रुकुमकोट अदालतको आदेश अनुसार धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

प्रहरीका अनुसार फागुन ४ गते उनीहरुलाई पक्राउ गरिएको थियो । घरमा अवैध भरुवा बन्दुक छ भन्ने विशेष सूचनाको आधारमा घर रीतपूर्वक खानतलासी गर्दा दुवै जनाको घरमा अवैध लोडेड भरुवा बन्दुक एक-एक नाल र बारुद समेत फेला पारी निजहरुलाई पक्राउ गरिएको जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसन्धान प्रकृया पुरा गरेर रुकुमकोट जिल्ला अदालत रुकुम पूर्वमा पेश गरिएकोमा अदालतले दुबै जनालाई धरौटी रकममा रिहा गर्न आदेश गरेको थियो ।

हात हतियार खरखजाना मुद्धा लागेका उनीहरु मध्य रोकालाई एक लाख ३० हजार रुपियाँ र घर्तीलाई दुई लाख रुपियाँ धरौटि रकम माग गरिएको थियाे । उनीहरुले धरौटी जम्मा गरेपछि छाडिएको बताईएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्