Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमको सदरमुकाममा 'अटो रिक्सा' सञ्चालन (भाडादर समेत)

२०७९ फागुन २९
tribeni2

रुकुम पश्चिमको सदरमुकाम रहेकाे मुसिकोट नगरपालिका क्षेत्रमा आज सोमबार देखि अटो रिक्सा संचालन भएका छन् ।

मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले एक कार्यक्रमका बीच अटो रिक्सा सञ्चालनको उद्घाटन गर्नुभएपछि अटो रिक्सा सञ्चालन भएका हुन् । अटो रिक्सा सञ्चालनका लागि नगरपालिकाले अटो तथा इ–रिक्सा कार्यविधि निर्माण गरेको थियो ।

जसअनुसार विभिन्न रुटमा अटो रिक्सा संचालन गर्न अनुमति समेत दिइएको छ । नगरपालिकाले नगरक्षेत्रमा २४ वटा अटो रिक्सालाई संचालन अनुमति दिने दिने सूचना निकालेतापनि आज १९ वटा अटो मात्र सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले बनाएको कार्यविधि अनुसार छिवाङ जिउला–सादनचौर–माछमी हुँदै खलंगासम्म, स्याउली बजार–सोलावाङ हुँदै खलंगासम्म र होल्तारा–झुल्खेत हुँदै खलंगासम्म अटो संचालन गर्न दिइने नगरपालिकाका प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो ।

त्यसैगरी घोरखानी–साँख हुँदै खलंगासम्म, पशुपती मावि रातामाटा हुँदै खलंगासम्म र खलंगा–सल्ले–शेरिगाउँ–पिपलनेटा–शितलपोखरी–मुसिकोटडाँडासम्म पनि अटो संचालन हुने नगरप्रमुख केसीले बताउनुभयो ।

मुसिकोटमा लामो समय देखि अटो संचालनको प्रयास भएपनि दुर्घटनाको जोखिम उच्च रहेको भन्दै सरकारले अनुमति दिएको थिएन् ।

यस्तो छ भाडादर :

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्