रुकुम महोत्सव : आज ज्योती मगर, भोली पल शाह आउने

२०७९ फागुन ३०

रुकुम पश्चिमको मुसिकोटमा फागुन २६ गतेबाट जारी महोत्सवमा आज चर्चित लोक दोहोरी गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती रहने भएको छ ।

महोत्सव आयोजक समितिका संयोजक डिल्ली परियारका अनुसार महोत्सवको पाँचौ दिन आज ज्योती मगरको मुख्य प्रस्तुती रहने छ । यसका साथै अन्य कलाकारहरुको विभिन्न प्रस्तुतिहरु पनि राखिने संयोजक परियारलेले बताउनुभयो ।

महोत्सवमा विभिन्न राष्ट्रिय कलाकारहरु आउने क्रममा भोली छैठौ दिन नायक पल शाह आउने कार्यक्रम तय भएको समेत परियारले जानकारी दिनुभयो ।

“रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार” भन्ने मुल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला सस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह–आयोजनामा महोत्सव सञ्चालन गरिएको छ । महोत्सव चैत्र ७ गते सम्म चल्ने बताईएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १०:०३
प्रतिक्रिया दिनुहोस्