आज पल शाह हेलिकोप्टरबाट रुकुम महोत्सवमा आँउदै

रुकुम महोत्सवमा आज चर्चित नायक पल शाहको प्रस्तुती रहने भएको छ ।

मुसिकोट नगरपालिका -१ बराहटाकुरामा जारी ‘रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव’ को छैठौ दिन मोडल तथा नायक पल शाहको प्रस्तुती रहने महोत्सव आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिनुभयो । उहाँका अनुसार उहाँ आज दिउँसो १२ः३० मा हेलिकोप्टर मार्फत मुसिकोट आईपुग्नु हुनेछ ।

पल शाहको साथमा अन्य कलाकारहरुको समेत प्रस्तुती राखिने छ ।

“रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार” भन्ने मुल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला सस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुमपश्चिमको सह–आयोजनामा महोत्सव सञ्चालन गरिएको छ । महोत्सव चैत्र ७ गते सम्म चल्ने बताईएको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्