Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट ५ को एक घरमा आगलागी, पूर्ण रुपमा क्षति

tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर ५ को घुयलपानी स्थित एक घरमा आगलागी भएको छ ।

स्थानीय शेरबहादुर खत्रीको घरमा आगलागी भएको हो । आगलागी हुँदा खत्रीको कच्चि घर पूर्ण रुपमा क्षति भएको मुसिकोट नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर ५ का वडा अध्यक्ष समिर जंग मल्लले जानकारी दिनुभयो ।

बेलुका साढे पाँच बजे आगलागी भएको बताईएको छ । आगलागीको सूचना लगत्तै पुगेको जिल्ला प्रहरी कार्यालय र नगर प्रहरीको टोली, जनप्रतिनिधि र स्थानीयवासीहरुले आगलागी नियन्त्रणमा लिएको वडाध्यक्ष मल्लले बताउनुभयो । करिब सात बजे आगो नियन्त्रणमा लिईएको हो ।

आगलागीबाट मानविय क्षति भने भएको छैन । खत्रीको घर पुर्ण रुपमा जलेको छ भने घर बनाउनलाई राखियको काठ, गाईबस्तुको लागि राखियको घासपात, डोका, डाला लगायतका घरायसी सामाग्री नष्ट भएका छन् । घरमा जोडिएको विद्युतको तार सट भएको कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्