Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

व्यवसायिक तरकारी खेतीका लागि कृषकलाई तालिम

२०७९ चैत २
tribeni2

रुकुम पश्चिम सानीभेरी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा व्यवसायिक कृषकहरुलाई तरकारी उत्पादन सम्बन्धिको ४ दिने तालिमको सञ्चालन गरेको छ ।

प्रधानमन्त्री आधुनिकिकरण परियोजना अन्तर्गको कार्यक्रम लागु भएका सानीभेरी गाउँपालिकाका वडा नं ७, ९ र १० गरी ३ वटा वडाका करिब २७ जना कृषकहरुलाई उक्त तालिम दिने कृषि विकास शाखाका प्रमुख महेन्द्र ओलीले बताउनुभयो ।

शाखा प्रमुख ओलीका अनुसार ४ दिने तालिममा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमको जानकारी गराउने¸ तरकारी खेतिमा नयाँ प्रविधिको ज्ञान दिने¸ तरकारीमा लाग्ने विभिन्न किसिमका रोग तथा किराहरुको नियन्त्रण र समाधानको बारेमा जानकारी दिने र बिषादी र विषादिको विकल्पको बारेमा जानकारी गराउने बताउनुभयो ।

सानीभेरी गाउँपिका वडा नं ९ को हलमा उद्घाटन भएको तालिमको अध्यक्षता वडा नं ९ का अध्यक्ष शेरबहादुर खड्काको रहेको थियो भने प्रमुख अतिथि सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टको रहेको थियो ।

त्यस्तै उपाध्यक्ष कमला रोका पुन, पशु प्राविधिक नन्दराम  बुढाथाेकी लगाएतको आतिथ्यता रहेको थियो । तालिमको उद्घाटन कार्यक्रमको सञ्चालन कृषि प्राविधिक विष्णु कुमार डाँगीले गर्नुभएको थियो । 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्