Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीमा पुल निर्माणको काम कछुवा गतिमा

निर्माणाधीन १०६ मेगावाटको जगदुल्ला हाइड्रोपावरको काममा बाधा
tribeni2

रुकुम पश्चिम, डोल्पा र जाजरकोटको त्रिसाँध डोल्पाको त्रिवेणीमा निर्माणाधिन पक्कि पुलको निर्माण कार्य कछुवा गतिमा भईरहेको छ ।

दुई वर्ष देखि त्रिवेणीमा अलपत्र अवस्थामा रहेको पुलको काम अहिले सुस्त रुपमा भईरहेको बताईएको छ । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेले भेरी करिडोर अन्तर्गत भेरी नदीमा पुल निर्माण गर्न क्याराभान कन्स्ट्रक्सनलाई टेण्डरमार्फत कामको जिम्मा दिएको थियो ।

तीन जिल्लाको त्रिसाँध डोल्पाको त्रिवेणीमा २०७७ मा निर्माणकार्य शुरु गर्नेगरी क्याराभानले कामको जिम्मा पाएको थियो । क्याराभान कन्स्ट्रक्सनले साढे दुई वर्षसम्म पनि निर्माणको काम सुरु नै नगरी पछि आएर स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई पुल निर्माणको ठेक्का दिएपछि निर्माण कार्य थप अलपत्र परेको थिये ।

पन्ध्र करोड रुपियाँमा पुल निर्माण गर्ने भन्दै जगदुल्ला हाइड्रोपावर कम्पनीले साढे दुई वर्ष अघि ठेक्का खोलेको थियो । क्याराभान कन्स्ट्रक्सनवाट १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्स्ट्रक्सनले अहिले आएर पुलको निर्माणकार्य शुरु गरे पनि पुलले भने खासै गति लिन सकेको छैन ।

कहिले बर्खा र कहिले जग्गा विवादका कारण देखाउँदै काममा ढिला गर्ने गरेका कारण निर्माण कार्यले गति लिन नसकेको हो । रेट्रो ट्रेक कन्स्ट्रक्सनको तर्फबाट योजना निर्माणस्थलमा खटिएका सबइन्जिनियर तथा साइट इन्चार्ज सुरेन्द्र रावल पुलको बेस बनाउने निर्माण सामग्री जम्मा गर्नुका साथै तटवन्ध निर्माणकार्य भइरहेको बताउनुभयो ।

बर्खा लाग्नुभन्दा अगावै निर्माण सामग्रीसहित उपकरणहरु आयोजना स्थलसम्म पुगेमा अबको डेढ वर्ष भित्रमा निर्माणकार्य सम्पन्न गर्ने रावलले जानकारी दिनुभयो ।

पुलको निर्माणकार्य ढिलाइ हुँदा निर्माणाधीन १०६ मेगावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यमा बाधा पुगेको छ । क्याराभान कन्ट्रक्सनले पुलको कामै नगरी पेश्की बापत ७२ लाख रुपियाँ लिइसकेको बताईएको छ । - गोरखापत्र

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्