Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण

tribeni2

रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिकाले विभिन्न कक्षाको बार्षिक परीक्षा शान्त मर्यादित व्यवस्थित गर्न केन्द्राध्यक्षहरुलाई एक दिने अभिमुखीकरण दिईएको छ ।

चैत ५ गते बिहान नौ बजेदेखि कक्षा ४, ५, ६, ७ र ९ को र कक्षा ८ को दिउँसो एक बजेदेखि परीक्षा सञ्चालन गर्नुपर्ने गाउँपालिकाले जानकारी दिएको छ।

बालविकास देखि ९ कक्षासम्मको सम्बन्धित विद्यालयमा परीक्षा गराउने र कक्षा ८ को भने पालिका भरि ९ वटा केन्द्र राखेर परीक्षा बनाउन थालिएको सानीभेरी गाउँपालिकामा रहेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुपालसिं विष्टले जानकारी दिनुभएको छ ।

बुधबार सम्पन्न अभिमुखिकरणमा विद्यालयका प्रधानाध्यापक र केन्द्राध्यक्षलाई परीक्षा सम्बन्धि सञ्चालन ,व्यवस्थापन र मर्यादित बनाउन अहम् भूमिका खेल्न समेत निर्देशन दिईएको छ ।

अभिमुखीकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्ट उपाध्यक्ष कमला रोका पुन सामाजिक विकास संयोजक शेरबहादुर खड्का लगाएतको उपस्थिति रहेको थियो ।

अभिमुखीकरण कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुपालसिं विष्ट, परीक्षा समिति संयोजक राधारमण झा र शिक्षा युवा तथा खेलकुद शाखा प्राविधिक सहायक प्रेमबहादुर विष्टले गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्