Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

न्यायिक समिति तथा मेलमिलापकर्ताहरुलाई आठ दिने तालिम

tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाउँपालिका भित्रका मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धिको आधारभूत सम्पन्न भएको छ ।

११ वटा वडा भित्रका जम्मा ३१ जना मेलमिलाप कर्ता र न्ययिक समितिका पदाधिकारीहरुलाई न्यायिक निरुपण र मेलमिलाप सम्बन्धिको आधारभूत तालिम प्रदान गरिएको सानीभेरी गाउँपालिका न्यायिक समितिका संयोजक कमला रोका पुनले जानकारी गराउनुभयो ।

न्यायिक समितिको आयोजना र प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहजिकरणमा सम्पन्न भएको तालिममा नेपालगंज उच्च अदालतका न्यायधिस श्रीमान बामदेव ज्ञवाली र प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालकी रमिला हुमागाई प्रशिक्षकको रुपमा खटिनुभएको थियो ।

८ दिने मेलमिलाप सम्बन्धिको आधारभूत तालिम पश्चात वडामा हुने सानातिना विवादहरु सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरी मेलमिलापको माध्यमबाट समाधान गरिने गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बताउनुभयो । 

अध्यक्ष विष्टले आधारभूत तालिम प्राप्त गरेका मेलमिलापकर्ताहरुलाई वडामा हुने विवाद मिलाउन सबै मेलमिलाप कर्ताहरु सकृय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मेलमिलापकर्तालाई पालिकाको तर्फबाट हुने सम्पूर्ण सहयोग  गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष वसष्टले तालिममा सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै तालिमा खट्नुहुने प्रशिक्षक, व्यवस्थापक लगायत सकृय रुपमा सहभागी हुने सबैलाई धन्यबाद व्यक्त गर्नुभयो ।

समापन कार्यक्रमको अध्यक्षता उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक कमला रोकापुनको रहेको थियो भने प्रमुख आतिथ्यता सानिभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले गर्नुभएको थियो ।

समापन कार्यक्रमको सञ्चालन न्यायिक समितिका मुद्धा दर्ता अधिकारी सारदा चौधरीले गर्नुभएको थियो ।  

 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्