नेभिगेशन
राष्ट्रिय
गुठी विधेयक

गुठी विधेयक खारेज गर्न माग गर्दै काठमाडौंमा मानवसागर

सरकारले केही  दिन अघि राष्ट्रिय सभामा पेश गरेर हिजो फिर्ता लिएको गुठी बिधेयक खारेज गर्न माग गर्दै काठमाडौंमा मानवसागर उर्लीएको छ । नेवार समुदायले गुठी बिधेयक खारेज नगरे सरकारविरुद्ध जाईलाग्ने चेतावनी दिएका छन् । 

गुठी विधेयक प्रतिरोध समितिले यसअघि नै माइतीघर मण्डलामा विधेयकको प्रतिरोधका लागि प्रदर्शन गर्ने घोषणा गरेको थियो। उपत्यकाका विभिन्न स्थानबाट गुठी विधेयकको विरोधमा प्रदर्शनकारीहरूले खबरदारी गरिरहेका छन्।

माइतीघर मण्डलादेखि थापाथली चोकसम्म र सिंहदरबार पश्चिम गेटदेखि माइतीघर हुँदै भद्रकाली पेट्रोलपम्पसम्म हजारौं संख्यामा पदर्शनकारीहरू जम्मा भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्