सोसल मिडिया
रुकुम महोत्सवमा आज आईतबार नायक आर्यन सिग्देलको प्रस्तुती रहने भएको छ ।
मुसिकोट नगरपालिका १ बराहटाकुरामा जारी ‘रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव’ को १० औं दिन नायक आर्यन सिग्देलको प्रस्तुती रहने महोत्सव आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजै गायक तिलक परियारको पनि बिशेष प्रस्तुती रहनेछ । परियार लोक गितको क्षेत्रमा अत्यन्तै मन पराईएको र गृह जिल्ला निवासी समेत हुनुहुन्छ । आज अन्य कलाकारहरुको समेत प्रस्तुती राखिने आयोजकले जनाएको छ ।
संयोजक परियारका अनुसार महोत्सवको ११ औं दिन भोलि सोमबार चर्चित गायिका एलिना चौहानकाे प्रस्तुती रहनेछ । त्यसको लागि उहाँ काठमाडौंबाट हिडिसकेको बताईएको छ ।
आजको कार्यक्रमको सञ्चालन संचारकर्मी तथा गायिका उर्मिला गौतमले गर्नुहुनेछ ।
“रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार” भन्ने मुल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला सस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुमपश्चिमको सह–आयोजनामा महोत्सव सञ्चालन गरिएको छ । महोत्सव चैत्र ७ गते सम्म चल्ने बताईएको छ ।