Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बार एशोसियशन रुकुममा नयाँ कार्यसमिति चयन

tribeni2

रुकुम पश्चिमको जिल्ला अदालत बार एशोसियशनको नयाँ कार्यसमिति चयन गरिएको छ ।

आईतबार जिल्ला सदरमुकाम खलंगामा भएको कानून व्यवसायीहरुको भेलाले अधिवक्ता रत्न बहादुर खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

भेलाले खड्काको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । एशोसियशनको उपाध्यक्षमा अधिवक्ता ललित बुढा, सचिवमा अधिवक्ता रचना मल्ल र कोषाध्यक्षमा अधिवक्ता टेक बहादुर खड्का चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा अधिवक्ताहरू गणेश हमाल, यक्क बहादुर पाण्डे, ठकेन्द्र पुरी, मनिषा रोका, रमा गौतम, दिनेश खड्का चयन हुनुभएको हो ।

केन्द्रीय पार्षदमा भने अधिवक्ता भुवनेश्वर उपाध्याय चयन हुनुभएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०८:०३
प्रतिक्रिया दिनुहोस्