Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : घाँस काट्न गएका एक पुरुष ६ दिनदेखि बेपत्ता

tribeni2

रुकुम पश्चिममा एक पुरुष ६ दिन देखि बेपत्ता भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ छेरा बस्ने अन्दाजी ६० बर्षिय लोकबहादुर केसी वेपत्ता हुनुभएको परिवारका सदस्यले जानकारी दिनुभएको छ । भिमबहादुर केसी र सुनिता केसीका बुवा लोकबहादुर चैत्र १ गते देखि वेपत्ता हुनुभएको बताईएको छ ।

बोल्न नसक्ने लोकबहादुर घाँस काट्न भनि चैत १ गते घरबाट निस्कनु भएको थियो । तर, हालसम्म घरमा नफर्किएको परिवारजनले बताएका छन् । छोरा भिमबहादुरका अनुसार त्यस दिन बिहान उहाँ घाँस काट्न भनेर घरबाट निस्किनुभएको थियो ।

आफन्त र जानसक्ने सबै ठाउँतिर खोजी गरिसकेको तर बुवालाई कतै फेला पार्न नसकिएको उहाँले बताउनुभयो । प्रहरी र आफन्तजनहरुमा समेत जानकारी गराएको उहाँको भनाई छ । बुवाको खोजीमा सहयोग गरिदिन उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।

लोकबहादुरलाई कसैले फेला पारेमा नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८६८१५७६०३, ९८६८२०६२२० र ९८६७३५२४६४ मा सम्पर्क गरिदिन अपिल गरिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०८:०३
प्रतिक्रिया दिनुहोस्