Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : स्ववियुमा क्रान्तिकारीको वर्चस्व

त्रिवि अन्तर्गतका ६ क्याम्पसमा क्रान्तिकारी र एक क्याम्पसमा नेविसंघको नेतृत्व चयन
tribeni2

त्रिभुवन विश्व विद्यालय अन्तर्गत जिल्लामा रहेका सात क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को नयाँ नेतृत्व चयन भएको छ । आईतबार जिल्लाका तीन क्याम्पसमा भएको निर्वाचनको नतिजासँगै सबै क्याम्पसमा स्ववियुले नेतृत्व पाएको हो ।

जिल्लाको रुकुमेली क्याम्पस मुसीकोट, जहारी क्याम्पस खोलागाउँ र राडी जिउला शिक्षा क्याम्पस आठबिसकोटमा मतदान भएको थियो । निर्वाचनको नतिजा अनुसार ६ वटा क्याम्पसमा माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी) को नेतृत्वमा कमिटी चयन भएको छ भने एक क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको नेतृत्वले जित हाँसिल गरेको छ ।

रुकुमेली क्याम्पस स्ववियु निर्वाचन अधिकृत शिवराम खत्रीका अनुसार यहाँ नेविसंघका अनिशेष केसीको अध्यक्षतामा रहेको टिम विजयी भएको छ । सचिवमा सन्तोष खड्का र कोषाध्यक्षमा शिव खड्का निर्वाचित हुनुभएको खत्रीले बताउनुभयो । यहाँ नेविसंघ, अनेरास्ववियु समाजवादी, अखिल क्रान्तिकारी र स्वतन्त्र तर्फका उम्मेदवारहरु बीच चुनाव भएको थियो ।

राडी जिउला शिक्षा क्याम्पसमा अखिल क्रान्तिकारीको टिम विजयी भएको छ । दिपक केसीको अध्यक्षतामा रहेको टिमले नेकपा निकट अखिल क्रान्तिकारीका हरि पुनको नेतृत्वमा रहेको संयुक्त प्यानललाई पराजित गरेको हो । मत परिणाम अनुसार सचिवमा निराजन ऐरी, कोषाध्यक्षमा रमा महतारा निर्वाचित हुनुभएको छ । यहाँ माओवादी निकट अखिल (क्रान्तिकारी) का बिरुद्ध नेकपा निकट अखिल क्रान्तिकारी, नेवि संघ र अनेरास्ववियु समाजवादी मिलेर चुनावमा होमिएका थिए ।

त्यसैगरी जहारी क्याम्पस खोलागाउँमा पनि अखिल (क्रान्तिकारी)को प्यानल विजयी भएको छ । भरत बिकको अध्यक्षतामा रहेका उमेदवारहरुले नेवि संघ र अनेरास्ववियुको समुह माथी जित हाँसिल गरेको हो । यहाँ सचिवमा महेश ओली र कोषाध्यक्षमा अनुशा रोका निर्वाचित हुनुभएको छ ।

त्रिवि अन्तर्गतका कुल सात क्याम्पस मध्यमा अन्य चार क्यापसमा भने यसअघि नै सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । सहमति भएका सबै क्याम्पसमा अखिल (क्रान्तिकारी) ले अध्यक्ष सहित पदाधिकारी र अधिकांश सदस्य पाएको छ ।

सहमति भएका मध्य शितल क्याम्पस चौरजहारीको अध्यक्षमा निराजन केसी, स्यार्पू बहुमुखी क्याम्पस बाँफिकोटको अध्यक्षमा किरण विश्वकर्मा, सिम्रुतु क्याम्पस त्रिवेणीको अध्यक्षमा निर्मला बुढाथोकी, सानीभेरी शिक्षा क्याम्पस सानीभेरीको अध्यक्षमा विरभान भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्