Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पहराको बीचमा पुल निर्माण

tribeni2

रुकुम पूर्व। पुथाउत्तरगङ्गा गाउँपालिका–२, पेल्मास्थित तातोपानी खोलामा पहराको बीचमा झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यहाँ पुथाउत्तरगङ्गा गाउँपालिका–२ को मुख्य बस्ती पेल्मा गाउँ रहेको छ।

उक्त खोला र पहराको कारणले पेल्मा गाउँ आउजाउ गर्ने घुमारो बाटो भएर यात्रा गर्दा डेढ घण्टाको समय लाग्ने गर्दछ। हेर्दा नजिकै देखिने पेल्मा बस्ती पुग्न डेढ घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ।

अबको केही दिनमै पुल निर्माणले पूर्णता पाउँदै छ। पुल निर्माण सम्पन्न भएपछि उकाली–ओराली गर्दै वारपार गरिने डेढ घण्टाको समय २० मिनेटमै गरिने वडाध्यक्ष जसबहादुर श्रीपालीले बताउनुभयो।  ३४२ मिटर लम्बाइ र ७५ मिटर उचाइमा उक्त पुल निर्माण भइरहेको श्रीपालीले जानकारी दिनुभयो। सङ्घीय सरकारको सस्पेन्सन ब्रिज डिभिजनको करिब तीन करोड बजेट र सेवा प्रतिष्ठान नेपालको प्राविधिक सहयोगमा पुल निर्माण भइरहेको छ।

वडाध्यक्ष श्रीपालीका अनुसार तीन वर्षदेखि निर्माण थालनी गरिएको उक्त पुल अबको २०–२५ दिनमा निर्माण सम्पन्न हुँदै छ। “सम्पूर्ण काम सम्पन्न भइसकेको छ,” वडाध्यक्ष श्रीपालीले भन्नुभयो, “जाली लगाउने काम मात्र बाँकी छ, उक्त काम पनि धमाधम भइरहेको छ।” “जता खोला बग्यो उतै पुल, सायदै नेपालमा कमै छ होला,” स्थानीय दुधासिंह बुढाले भन्नुभयो, “पहराको बीचमा डरलाग्दो भिरको खोचमा अहिले अनौठो पुल हेर्न र तातोपानी नुहाउन आउनेको सङ्ख्या वृद्धि भएको छ। - गोरखापत्रबाट

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्