Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हिंसापीडित महिलालाई आयआर्जनका लागि सहयोग

२०७९ चैत ७
tribeni2

रुकुम पश्चिम / जिल्लाकाे सानीभेरी गाउँपालिकाले हिंसापीडित महिलाहरुलाई आयआर्जनको लागि सहयोग प्रदान गरेको छ ।

विभिन्न कारणले हिंसामा परेका ११ जना महिलाहरुलाई गााँपालिकाले आयआर्जनको आर्थिक सहयोग गरेको हो । गाउँपालिका उपाध्यक्ष कमला रोकाले हिंसा पीडित महिलाहरुलाई जनहि १० हजारका दरले रकम हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हिंसामा परेका तथा गाउँपालिकाको ११ वटै वडाबाट सिफारिस भएर आएका ११ जना महिलालाई आयआर्जनमा लाग्न प्रेरित गर्ने उद्धेश्यले आर्थिक सहयोग गरिएको हो ।

बीउ पुँजीको रुपमा दिइएको उक्त रकमले आयआर्जनमुलक काम गर्नको लागि राहत हुने विश्वास गरिएको महिला तथा बालबालिका शाखा प्रमुख लिला शर्माले बताउनुभयो ।

गत फाल्गुन २४ गते ११३ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको दिनमा उक्त रकम हस्तान्तरण गर्ने भनिएको भएपनि विविध कारणले उक्त दिन रकम हस्तान्तरण नभएकोले सोमबार गरिएको शाखा प्रमुख शर्माले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्